युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली “एकता” को लागि आह्वान गर्नुभएको छ। जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गर्नुभएको छ । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको “समर्थन र ऐक्यबद्धता” को आश्वासन दिनुभएको छ।