आइतवार, माघ ६, २०८१

खेल तालिका सार्वजनिक


कान्तिपथ



नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ ।एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सीमा उज्बेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छन् । समूह डीमा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया छन् ।

समूह ईमा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बङ्गलादेश छन् भने समूह एफमा किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र सिङ्गापुर छन् । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत