शनिबार, माघ ५, २०८१

महामन्त्री थापा भन्छन् ; ‘सत्ता गठबन्धन अगाडि बढ्नेमा समस्या आइसक्यो’


कान्तिपथ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसीको विषयमा नै गठबन्धन एक ठाउँमा नरहेकोले अब अघि बढ्नेमा समस्या आएको बताएका छन् । विहीबार संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले सत्ता गठबन्धन अगाडि बढ्नेमा समस्या आइसकेको बताएका हुन् । उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)सँगको सम्झौतामा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए, भने एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

महामन्त्री थापाले भनेका छन्, ‘प्रधानमन्त्रीजीले ओलीजीलाई तपाईंहरुले नै दर्ता गर्नुभएको सम्झौता हामीले अगाडि बढाएका हौं। यो देशकै प्रतिष्ठाको विषय हो । यसलाई पास गरौं भनेर आग्रह गर्नुभयो । ओलीजीले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो ।’ आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भएपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।

एमसिसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा हुनुहुन्छ भने एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत