प्रधान सेनापति हाफ म्याराथनको उपाधि महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका गजेन्द्र राईले जितेका छन्। शनिबार भएको हाफ म्याराथन धादिङ सन्तोषीले पहिलो सहभागितामा नै १ घन्टा १३ मिनेट ४२ सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जितेकी हुन्।
महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाई दोस्रो र आर्मीकी विश्वरुपा बुढा तेस्रो भए। राजपुराले १ घन्टा १५ मिनेट २२ सेकेन्डमा र विश्वरुपाले १ घन्टा १८ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका थिए। पुरुषतर्फ आर्मीका गजेन्द्रले १ घन्टा ३ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए।
पुरुषतर्फ आर्मीका दीपक अधिकारी दोस्रा र बाग्लुङका तीर्थकुमार पुन तेस्रा भए। दीपकले १ घन्टा ३ मिनेट ४५ सेकेन्ड र तीर्थले १ घन्टा ४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेका थिए।
हाफ म्याराथनको महिलातर्फको विजेता सन्तोषीले ७५ हजारसहित काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको स्कुटर हात पारिन्। हाफ म्याराथनको पुरुषतर्फको विजेता गजेन्द्रले ७५ हजार र मोटरसाइकल प्राप्त गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ