युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अमेरिकाले गरेको उद्धारको प्रस्ताव अस्वीकार गरेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन्। जेलेन्स्कीले ‘युद्ध यहाँ भइरहेको छ। मलाई गोलाबारुद चाहिएको छ, भाग्नका लागि सवारी होइन’ भन्दै अमेरिकाले गरेको उद्धारको प्रस्ताव लत्याएको खबरमा दाबी गरिएको छ।
एसोसिएट प्रेसले अमेरिकी उच्च गुप्तचर अधिकारीलाई उद्धृत गर्दै यसबारे खबर प्रकाशित गरेको हो। द वासिङ्टन पोस्टले पनि अमेरिकी तथा युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको उल्लेख गरेको छ।
रुसी आक्रमणको प्रतिवाद गर्न आफै सडकमा आएका राष्ट्रपति जेलेन्स्कीको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ। उनले रुसलाई चेतावनी दिँदै यसअघि भनेका थिए, ‘जब तिमीहरुले हामीमाथि आक्रमण गर्छौँ, हाम्रो पिठ्युँ होइन अनुहार देख्ने छौं।’
उनले शुक्रबार राति आफैले खिचेको सेल्फी भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यसमा उनीसहित सरकारका प्रमुख नेताहरु थिए र उनले आफूहरु किएभमै रहेको भन्दै आफ्नो भूमिको रक्षा गर्ने बताएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ