सोमवार, मंसिर २४, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • अखिल (क्रान्तिकारी) ले गर्यो सडक मै एमसीसीको जनमत संग्रह: १५२३ मध्ये १४५९ विपक्षमा

अखिल (क्रान्तिकारी) ले गर्यो सडक मै एमसीसीको जनमत संग्रह: १५२३ मध्ये १४५९ विपक्षमा


कान्तिपथ


प्रतिनिधिसभामा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आन्दोलनरत नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) ले सडक जनमत संग्रह गरेको छ ।

यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने विषयमा क्रान्तिकारीको काठमाडौँ महानगर कमिटीले गरेको मतदानमा १५२३ मतदाता सहभागी थिए । जसमध्ये एमसीसी पारित गर्नुपर्छ भन्नेमा ५३ मत र यथास्थितिमा पारित गर्नु हुँदैन भन्नेमा १४५९ मत र ११ मत बदर भएको अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर अध्यक्ष निरोज श्रेष्ठले बताए ।

यथास्थितिमा एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा नागरिकहरुको राय बुझ्न जनमत संग्रह गरिएको श्रेष्ठले जानकारी दिए । मतदानमा माओवादी निकटका विद्यार्थी नेता कार्यकर्ताहरुसहित सर्वसाधारणले समेत मतदान गरेका थिए ।

मतदानका लागि निर्वाचनको प्रक्रिया नै अपनाएर मतपत्र तयार गरिएको थियो । मतदानमा समिर बुढाथोकी, रविन जंग बस्नेतलगायत केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत