आइतवार, बैशाख २, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • भोली एमसीसी अघि बढ्ने: कहिले बिरामी, कहिले घुम्ने अर्थमन्त्री भोली के होलान ?

भोली एमसीसी अघि बढ्ने: कहिले बिरामी, कहिले घुम्ने अर्थमन्त्री भोली के होलान ?


कान्तिपथ


भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

संसद्‍मा एमसीसी सम्झौतामाथि छलफल हुने प्रत्यक दिन अर्थमन्त्री भने घुमघाम या बिरामी हुनमा व्यस्त छन्। विभागीय मन्त्री सम्भवत भोली संसद् बैठकमा उपस्थित हुने छैनन्। अस्ति अर्थमन्त्री शर्मा पर्वतमा घुमघाममा व्यस्त थिए। गत आइतबार एमसीसी संसद् बैठकमा टेबुल गर्ने दिन पनि शर्मा उपस्थित भएनन्। उनको अनुपस्थितिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई संसद्मा टेबुल गरेका थिए। बिरामी भएको भन्दै उनी अनुपस्थित रहे।

यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।

सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट पास गराउने कसरतमा लागेको छ । सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा काँग्रेसका नेताहरुले चरणबद्ध रुपमा एमालेसँग छलफल गरिरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत