काठमाडौं । एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बैठक बस्न लागेको हो ।
बैठकमा सहभागी हुन कांग्रेस नेताहरु बालुवाटार पुगिसकेका छन् । बैठकमा सरकारले संसदमा पेश गरेको एमसीसी बारे छलफल हुने भएको छ। गठबन्धनकाे बैठकपछि आजै दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे छ ।
नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ