शनिबार, माघ ५, २०८१

 एरिक्सनको पुनरागमन

कान्तिपथ

शनिबार न्युक्यासलविरुद्धको खेलमा ब्रेन्टफोर्डको तर्फबाट ५२ औँ मिनेटमा जब क्रिस्टियन एरिक्सन मैदानमा प्रवेश गरे, त्यतिबेलाको वातावरण नै फरक थियो । घरेलु समर्थक मात्र नभएर विपक्षी टोलीका समर्थकहरु आफ्नो सिटबाट उठेर उनका लागि ताली बजाइरहेका थिए । 

गत जुनमा डेनमार्कबाट युरो २०२० मा फिनल्याण्डविरुद्धको खेलमा एरिक्सनलाई हृदयघात भएको थियो । सो घटनाको ठ्याक्के २५९ दिनपछि एरिक्सन पुनः मैदानमा फर्कन सफल भएका हुन् ।  ब्रेन्टफोर्डका म्यानेजर थोपस फ्रांकले एरिक्सनलाई पुनः मैदानमा फर्काउने वाचा गरेका थिए । त्यो वाचा शनिबार पुरा भएको छ ।

यद्यपि, उनको पुनरागमन सोचे जस्तो चाहिँ भएन । सुरुमा नै १० खेलाडीमा सीमित बनेको ब्रेन्टफोर्ड आफ्नो घरेलु मैदानमा २–० ले पराजित हुन पुग्यो । खेलपछि प्रतिक्रिया दिँदै एरिक्सनले भने, ‘आजको नतिजालाई बेवास्ता गर्ने हो भने म आज खुसी छु । मैले जे भोगे, त्यसपछि फेरि मैदानमा फर्कन पाउनुको अनुभव निकै अद्वितीय छ ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.

सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत