बुधबार, माघ २, २०८१

आजै २ पटक संसद बैठक राखेर एमसीसी पारित गरिदै


कान्तिपथ


अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

पूरक प्रस्तावको अनुसूचीमा अस्पष्ट रहेका बुँदामा व्याख्यात्मक घोषणा (इन्टरप्रिटेटिभ डिक्लेरेसन) हुनेछ। शनिबार राति १४ बुँदाको व्याख्यात्मक घोषणाको मस्यौदालाई अन्तिम रुप दिइएको छ।

त्यही मस्यौदाअनुसार नेकपा माओवादी केन्द्रले पूरक प्रस्तावसहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा, नियमावली २०७५ को परिच्छेद १३ को नियम ८३ (१) (ग) को अधिनमा रही सार्वजनिक महत्त्वको विषयमा संकल्प प्रस्तावसहित उक्त घोषणा पेश गरिनेछ।

शनिबार राति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘फाइनल’ गरेको उक्त मस्यौदामार्फत् घोषणामा भनिनेछ- ‘यस संघीय संसद्को प्रतिनिधि सभा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (यसपछि ‘कम्प्याक्ट’ भनि सम्बोधित)का सम्बन्धमा देहाय बमोजिमको व्याख्यात्मक घोषणा जारी गरी यस व्याख्यात्मक घोषणा कम्प्याक्टको अभिन्न अंग रहेको घोषणा गर्दछ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत