किलियान एम्बाप्पेले दुई गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेपछि पेरिस सेन्ट जर्मेनले रेलिगेसनका लागि संघर्षरत सेन्ट इटिनेमाथि सहज जीत हासिल गरेको छ ।
खेलमा अग्रता भने इटिनेले लिएको थियो । पाहुना टोलीका लागि डेनिस बुआन्गाले खेलको १६ औँ मिनेटमा गोल गरेका थिए । तर, पहिलो हाफको अन्त्यतिर लियोनेल मेस्सीको पासमा एम्बाप्पेले बराबरी गोल गरे ।
दोस्रो हाफमा पुनः मेस्सीको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । त्यसपछि उनले डानिलोका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको पुनरागमन पूरा गरे । जीतसँगै पीएसजीले शीर्ष स्थानमा १६ अङ्कको अग्रता बनाएको छ ।
२३ वर्षीय फ्रेन्च खेलाडी पीएजसीका लागि सर्वाधिक गोलकर्ताको सूचीमा ज्लाटान इब्राहिमोविचसँगै दोस्रो स्थानमा उक्लिएका छन् । उनले क्लबका लागि १५६ गोल गरिसकेका छन् ।