सोमवार, अशोज २८, २०८१

साढे तीन महिनापछि प्रदेश १ प्रदेशसभा बैठक बस्दै


कान्तिपथ


साढे तीन महिनापछि बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । प्रदेशसभाको बैठक १०५ दिनपछि भोलि (आइतबार)का लागि तय भएको छ । 


बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सूचना अनुसार भोलिको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुनेछ ।  यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको हो । प्रदेशसभा भोलिदेखि सुरु हुने भनिएको भए पनि वर्तमान सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि विधेयक दर्ता गराएको छैन । प्रदेशसभामा यसअघि नै दर्ता भएको अर्थ विधेयक र प्रतिष्ठान विधेयक विचाराधीन छ । 

दुई वटा विधेयकमा छलफल हुँदासम्म सञ्चार संस्था व्यवस्थापन गर्न बनेको विधेयक तयार गर्ने सरकारको तयारी छ । यसअघि उक्त विधेयकको मस्यौदाबारे सरोकारवालासँग सरकारले छलफल गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि प्रदेशसभा बैठक सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ । उसले संसद्लाई बन्धक बनाउनु राम्रो नभएको भन्दै सरकारको आलोचना पनि गर्दै आएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत