मङ्लबार, अशोज ११, २०७९

नाबालिग बलात्कारका आरोपित पल शाह पक्राउ


कान्तिपथ


जबरजस्ती करणीको अभियोग लागेका अभिनेता एवम् मोडल पल शाह पक्राउ परेका छन्। अभिनेता शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले नेपालखबरलाई बताएका छन्। नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिका बलात्कार आरोपमा जाहेरी दर्ता गराएकी थिइन्।

गत बुधबार जाहेरी दर्ता भएलगत्तै प्रहरीले उनको खोजी गरिरहेको थियो। तर प्रहरीले फेला पार्न नसकिरहेका बेला उनी आफैं पुगेका हुन्। पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो।

थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडिएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत