मङ्लबार, जेष्ठ ३, २०७९
  • गृहपृष्‍ठ
  • Uncategorized
  • एमसीसी पास गर्न लागिएको बारे प्रचण्डको पाँच बुँदे स्पष्टिकरण

एमसीसी पास गर्न लागिएको बारे प्रचण्डको पाँच बुँदे स्पष्टिकरण


कान्तिपथ


अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गर्ने निर्णय भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टिकरण दिएका छन् । पार्टीभित्र केही नेताहरुले एमसीसी पारित गर्ने विषयमा असहमति राखेसँगै प्रचण्डले पाँच बुँदे स्पष्टिकरण दिदै व्याख्यात्मक घोषणा सही कदम भएको उल्लेख गरेका छन् । उनले व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्न लागिएको बताउदै अब गलत व्याख्या गर्न आवश्यक नरहेको बताएका छन् ।

यस्तो छ प्रचण्डको स्पष्टिकरणः

हाम्रो पार्टी र नेतृत्वले लिएको पछिल्लो निर्मम निर्णय सहि छ। हामीले गरेको अनुमान भन्दा धेरै माथिबाट “ब्याख्यात्मक प्रस्ताव” तयार भएको छ । यसबाट उत्पन्न दर्जनौं प्रश्नहरुको जवाफ दिन हामी तयार हुने नै छौं । विगतमा महाकाली बेच्नेहरुले गरेको जस्तो भ्रमपूर्ण व्याख्या MCC मा हुने छैन गरिएको छैन र यो व्याख्यात्मक टिप्पणी प्रचार गरिएको जस्तो एकतर्फी होईन त्यसका लागि प्रतिक्षा गरौं नेतृत्वप्रति विश्वास गरौं।
१. MCC बारे हामीले उठाउदै आएका प्रश्न र MCC ले नेपाल सरकारलाई पेश गरेको जवाफ
२. सन्धि ऎन अनुसार उक्त लेटर अफ एक्सचेञ्ज पनि सम्झौताको अङ्ग हुने प्राबधान
३. नेपाल सरकारले भर्खरै पुनः गरेको पत्रब्यवहार
४. यी सबै दस्तावेज MCC का अङ्ग हुने गरि सरकारको तर्फबाट पुरक प्रस्ताव पेश हुने र पारित हुने
५. यी सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भङ्ग भएको घोषणा गर्न सक्ने ।
सरकार, सदन र सडकको संघर्षको एकीकृत बलबाट यो उपलब्धि प्राप्त भएको हो। र, यो सामान्य ब्याख्यात्मक टिप्पणी मात्र नभै परिमार्जन नै हो ।
सबै लिखत दस्तावेजहरु प्राप्त भएपछि सूचना र ज्ञानको अभावमा भएका भ्रम स्पष्ट हुनेछ्न।
यो पहलकदमीबाट गठबन्धन र शान्ति प्रक्रिया बचेको छ। विकास र सम्वृद्दीको बाटोमा अघि बढेको देशलाई सहयोग पुग्नेछ । यसले राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र मुलुकको सार्वभौमिकताको रक्षा गर्न र असङ्लग्नता, पन्चशिल लगायतका नेपालका परराष्ट्र नितिको पनि पक्षमा हुने हुनाले आजका दिनमा प्राप्त यो उपलब्धिलाई सफलताको रूपमा लिनु पर्दछ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत