सोमवार, जेष्ठ २, २०७९

अध्यागमनका सुब्बा सा’ब नै सुन तस्करीका नाईके


कान्तिपथ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएको छ । विमानस्थल प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा अध्यागमनका एक नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको हो । विमानस्थल प्रहरीले उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको जानकारी दिएको छ ।

शुक्रबार १ किलो १६५ ग्राम अवैध रुपमा ल्याइएको सुनसहित एक व्यक्ति पक्राउ परेका थिए । बिहान साढे ९ बजे फ्लाई दुबईको उडान नं. एफजेड५७१ द्वारा दुबईबाट नेपाल आएका सुनसरी ईटहरी–१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरे पक्राउ परेका हुन् । विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा घिमिरेले लगाएको ज्याकेट र पाइन्टका गोजीहरुमा कालो रंगको थैलीभित्र राखी सुन ल्याइएको थियो । उनको साथबाट सुनको सिक्री १० थान (११६५ ग्राम) फेला परेको थियो, जसको बजार मूल्य ९८ लाख ८७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईंले भन्सार छल्नमा सहयोग गरेका थिए । भन्सार छलेर बाहिर निस्के पनि पछि प्रहरीले आशंका लागेपछि जाँच गर्दा घिमिरेलाई पक्राउ गर्न सफल भएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत