सोमवार, पुस २९, २०८१

माओवादी कसैको निजी क्लब हैन: लेखनाथ न्यौपाने


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष प्रचण्डले पार्टीलाई कांग्रेस र एमालेजस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रले एमसीसी पास गराउने निर्णय गरेपछि न्यौपानेले यस्तो टिप्पणी गरेका हुन् ।

न्यौपानेले सामाजिक सञ्जाल फेशबुकमार्फत आज विहान बसेको भनिएको बैठकको कुनै निर्णयपनि बैधानिकता नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्-

नेकपा (माओवादी केन्द्र) ले आज mcc बारे गरिएकाे भनिएकाे निर्णयबारे:
नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय समितिकाे बैंठक पटक पटक स्थगित गरिएकाे छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेकाे अबस्था छ । एकातिर केन्द्रीय समितिकाे बैठक बसाल्दै नबसाल्ने अर्कोतिर mcc जस्ताे मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसकाे मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने । हालकाे नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिकाे निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आज बिहान बसेकाे भनिएकाे बैठककाे कुनै बैधानिकता छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत