आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए । छलफलमा माओवादी केन्द्रका सचेतक देव गुरुङले आफ्ना धारणाहरु राखिरहेका छन् ।
एमाले सांसद्हरुले बैठकमा विरोध प्रदर्शन गरिरहेका छन् । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् ।