नेकपा (माओवादी केन्द्र)का सांसद राम कार्की (सुरेन्द्र)ले नेपालसँगको सम्बन्धलाई अमेरिकाले निरन्तरता दिने हो भने ‘व्याख्यात्मक घोषणा’को प्रस्तावलाई मान्नुपर्ने धारणा राखेका छन्।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथीको दफावार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
‘सदनमा प्रतिपक्ष बेल घेरेर बसेको छ। यो अवस्थामा महत्वपूर्ण कुरा अगाडि बढाउनु दुःखद् छ। एमसीसी व्याख्यात्मक घोषणाको विषयमा यो मान्य हुन्छ की हुँदैन भन्ने चर्चा भइरहेको छ,’ उनले भने,‘अमेरिकाले नेपालसँगको सम्बन्धलाई निरन्तरता दिने हो भने स्वीकार गर्नुपर्छ। नत्र त केही भन्नु छैन।’
नेपालले दिर्घकालीन विकास रणनीतिको विषयलाई अघि बढाएर लैजानुपर्ने पनि उनले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ