मङ्लबार, मंसिर १२, २०८०

‘व्याख्यात्मक घोषणा होइन, यो भ्रमात्मक घोषणा हो’: भिम रावल


कान्तिपथ


प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी राष्ट्रघाती भएको दोहोर्याएका छन्। दोस्रोपटक जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले हताहतार पारित गर्न खोजेको भनेर विरोध गरे।

उनले भने, ‘व्याख्यात्मक घोषणा होइन, यो भ्रमात्मक घोषणा हो।’ दुई पक्षीय सम्झौतामा एकपक्षीय व्याख्यात्मक घोषणा गरेर जनतलाई झुक्याउने र ठग्ने काम भएको आरोप रावलले लगाए।

उनले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हितविपरीत छन् र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन आफू तयार रहेको चुनौती पनि दिए। आजै दोस्रोपटक बसिरहेको प्रतिनिधि सभाको बैठकबाट एमसीसी पारित गर्ने प्रक्रिया सरकारले अघि बढाइरहेको हो।

‘प्रधानमन्त्री शेरबहादुर देउवाजी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस्। एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघात पुर्‍याउँछन्, म प्रमाणित गरिदिन्छु। के मलाई समय दिइन्छ’, रावलले भने, ‘को विद्वान् र को सल्लाहकार हुनुहुन्छ आउनोस्। प्रत्येक धारा र दफा ल्याएको छु मैले। मलाई थाहा छ- जसले हतारमा राष्ट्रियताको यति गम्भीर विषयलाई पास गर्न खोज्दै छ। यही नै राष्ट्रिय हितविपरीत छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत