सोमवार, माघ ७, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमसीसीमाथि छलफल सुरु भएपछि एमाले सांसदले नाराबाजी गर्न बिर्सिए, मग्न भएर सुन्न थाले

एमसीसीमाथि छलफल सुरु भएपछि एमाले सांसदले नाराबाजी गर्न बिर्सिए, मग्न भएर सुन्न थाले


कान्तिपथ


एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएका हुन् ।

सोही क्रममा आइतबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजीका बीच सभामुख सापकोटाले एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु गराए । छलफलमा भाग लिँदै विभिन्न राजनीतिक दलका सांसदहरूले बोल्दै जाँदा नाराबाजी गरिरहेका एमाले सांसद पनि सम्बोधनलाई ध्यान दिएर सुन्न थाले ।

जसपा सांसद बाबुराम भट्टराईले सम्बोधन गर्न आइपुग्दा एमालेका अधिकांंश सांसदले नाराबाजी गर्न नै भुले, उनीहरू मग्न भएर सम्बोधन सुन्न थाले भने केही सांसदमा आपसमा कुराकानी गर्न थाले । अहिले पनि एकाध सांसदले मात्र नाराबाजी गरिरहेका छन् । उनीहरूले मसिनाे स्वरमा नाराबाजी गरिरहेका छन् ।

आइतबारबाट एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । तर, एमालेले आधिकारिक रूपमा एमसीसीबारे धारणा सार्वजनिक गरेको छैन । यद्यपि, एमाले सांसद भीम रावलले भने सैद्धान्तिक छलफलमा भाग लिएर एमसीसी राष्ट्रहितविपरीत रहेकाले अस्वीकार गर्नुपर्नेमा जोड दिए । न्युज कारखाना



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत