सोमवार, अशोज १०, २०७९

११० मध्ये ८० पार्टीले स्थानीय निर्वाचनमा भाग लिने


कान्तिपथ


स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ । ‘निवेदन दिने समय सकियो । अब दलले बुझाएको कागज कानुनअनुसार छ कि छैन ? छानबिन गरेर मात्र दर्ता गर्छौं,’ पौडेलले भने ।

निवेदन लिने प्रक्रिया सकिए पनि आवश्यक कागज भए/नभएको बारे छानबिनको काम चैत २५ सम्म टुङग्याइसक्ने योजना आयोगले बनाएको छ । छानबिन सकिएपछि चैत २६ मा राजनीतिक दल दर्ताको स्वीकृति दिने निर्वाचन कार्यतालिका रहेको छ ।

आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरूले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या खुलाउनु पर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान आयोगले राखेको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निवेदन दिए पनि ५७ वटाले मात्रै निर्वाचनमा भाग लिएका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत