आइतवार, माघ २७, २०८१

“लिभरपुलको हातमा उपाधि”


कान्तिपथ


१६ फागुन, काठमाडौं । लिभरपुलले चेल्सीलाई आइतबार राति नाटकीय रूपमा टाइब्रेकरमा पराजित गर्दै लिगकपको उपाधि जितेको छ ।

वेम्बलीमा भएको फाइनलमा निर्धारित र अतिरिक्त गरी १२० मिनेट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ लिभरपुलले चेल्सीलाई ११-१० ले हरायो । दुवै टोलीका ११-११ खेलाडीले पेनाल्टी प्रहार गर्दा चेल्सीका गोलकिपर केपा एरिजाबालागा निर्णायक पेनाल्टीमा चुके । उनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

त्यसअघि लिभरपुलका दोस्रो रोजाईँका गोलकिपर कोइमहिम केलेहरले गोल गरेका थिए । त्यसपछि आएका केपा चुक्दा चेल्सी पराजित भयो ।

पेनाल्टी विशेषज्ञकै रुपमा केपालाई अतिरिक्त समयको पनि अन्तिम समयमा एडुवार्डो मेन्डीको स्थानमा मैदानमा पठाइएको थियो । तर उनले न कुनै पेनाल्टी रोक्न सके, न आफूले गोल गर्न सके ।

लिभरपुल सर्वाधिक ९ पटक लिग कपको उपाधि जितेको हो । उसले गत सिजन उपाधि जितेको म्यानचेष्टर सिटी भन्दा एक उपाधि बढी जितेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत