मङ्लबार, मंसिर १२, २०८०

संसद भवनकाे गेटैनिर ‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर बम !


कान्तिपथ


नयाँ बानेश्वरस्थित संसद भवनकाे गेटैनिर सडकमा प्रेसरकुकर बमजस्तै देखिने वस्तु राखिएकाे छ । भवन अगाडिको मुख्य सडकमा राखिएकाे उक्त वस्तु बम नै हाे या तर्साउन राखिएकाे मात्र हाे भन्ने यकीन हुन सकेकाे छैन । प्रेसरकुकरमा ‘नाे एमसीसी’ लेखिएकाे छ ।

शंकास्पद रूपमा राखिएकाे उक्त प्रेसरकुकरबारे नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । बम बनाएर राखेकाे भए सेनाकाे टाेलीले निस्क्रिय (डिस्पाेज) गर्नेछ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले उक्त स्थानमा सुरक्षाकर्मी खटाइएकाे छ भने डिस्पोजको तयारी भइरहेको छ । उक्त मुख्य सडक अहिले बन्द गरिएको छ । व्यापक विराेधका बीच आइतबार संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरिएकाे थियाे । त्यसकाे विराेधमा आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा लगायत ६ दलले बन्दकाे घाेषणा गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत