शुक्रबार, अशोज १२, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमसीसी पास भएपछि ‘वेलकम टु एमसीसी’ भन्दै काँग्रेस कार्यकर्ताले मनाए खुशीयाली

एमसीसी पास भएपछि ‘वेलकम टु एमसीसी’ भन्दै काँग्रेस कार्यकर्ताले मनाए खुशीयाली


कान्तिपथ


काठमाडौँ – प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेको खुशीयालीमा कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पस अघि दीप प्रज्वलन गरेको छ।

स्ववियू परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष शुभराम बस्नेतको संयोजकत्वमा नेविसंघका विद्यार्थीहरुले आइतबार साँझ दीप प्रज्वलन गरेका हुन । उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप प्रज्वलन गरेका थिए ।प्रतिनिधि सभाबाट हिजो अनुमोदन भएको एमसीसी सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

व्याख्यात्मक घोषणा सहित सम्झौता अनुमोदन भएको जानकारी संसद्ले सरकारलाई दिनेछ । त्यसपछि अर्थ मन्त्रालयले एमसीसी मुख्यालयलाई पत्राचार गर्नेछ । पत्र आदानप्रदान भएपछि यसको कार्यान्वयन सुरु हुनेछ । हस्ताक्षर भएको चार वर्षपछि र संसदमा पुगेको अढाइ वर्षपछि एमसीसी सम्झौता हिजो प्रतिनिधि सभाबाट अनुमोदन भएको हो ।

एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ । यो रकमबाट बन्ने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ। एमसीसी आयोजना अन्तर्गत काठमाण्डौको लप्सीफेदीबाट नुवाकोटको रामामाटेसम्म चार सय केभी क्षमताको प्रसारण लाइन बन्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत