आइतवार, मंसिर २३, २०८१

संसद भवन अगाडि राखिएको प्रेसर कुकर बम डिस्पोज


कान्तिपथ


संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको कान्तिपथका संवाददाता विनोद घिमिरेले जानकारी दिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।

एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रका त्रास उत्पन्न भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत