शुक्रबार, अशोज १२, २०८०

१० महिने मन्त्रीद्वारा ४ करोड ४५ लाख भ्रष्ट्राचार


कान्तिपथ


तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

श्रेष्ठको स्रोत नखुलेको सम्पत्ति श्रीमती सरस्वती र छोरा सरोजको नाममा पनि देखिएकाले उनीहरुलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको अदालतका उपरजिष्टार नारदप्रसाद भट्टराईले कान्तिपथलाई जानकारी दिए ।

सरकारी सेवा प्रवेश गरेको २०२६ सालदेखि ८ पुस २०७२ सम्मको अवधिलाई जाँच गर्दा श्रेष्ठले ६ करोड ९० लाख आयआर्यजन गरेको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस क्रममा उनले खर्च गरेको ११ करोड ३५ लाख ४४ हजार रकमबाट आयआर्जन घटाउँदा ४ करोड ४५ लाख रकमको खर्च तथा लगानीको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ ।

२०७० सालदेखि तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा श्रेष्ठ मन्त्री थिए । उनी पूर्वसचिव पनि हुन् । श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कायम गरिएको छ । श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । उनी तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारमा ६ चैत २०६९ देखि २९ माघ २०७० सम्म मन्त्री भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत