बिहिबार, मंसिर १४, २०८०

३ बजे पत्रकार सम्मेलन गर्दै प्रचण्ड


कान्तिपथ


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले सोमबार दिउँसो ३ बजे खुमलटारमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्बोधन गर्ने भएका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका थिए ।

साथै माओवादीको सहयोगमा एमसीसी संसद्‌बाट पारित भएपछि हजारौँ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत