आइतवार, माघ ६, २०८१

एमसीसीमा अब थप राजनीति नहोस् : विवेकशील साझा पार्टी


कान्तिपथ


विवेकशील साझा पार्टीले ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा थप राजनीति नगर्न सबैलाई आग्रह गरेको छ ।

एमसीसी निहित राजनीतिक स्वार्थहरुका कारण प्रतिनिधिसभाबाट पारित भएको आरोप विवेकशील साझाले लगाएको छ । सत्ता गठबन्धन र प्रतिपक्षी दलले एमसीसीका सम्बन्धमा अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली प्रदर्शन गरेको विवेकशील साझाले जनाएको छ ।

सत्ता गठबन्धन र प्रतिपक्षी दलको उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुगेको समेत विज्ञप्तिमा जनाइएको छ ।

एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए त्यसले भविष्यमा विदेशी ऋण–अनुदान लिनु र सन्धि–सम्झौता हुनु पूर्व गरिनु पर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सके त्यो देशका लागि फलदायी हुने बुझाई विवेकशील साझाको छ।

विज्ञप्तिमा विवेकशील साझा पार्टीले आम रूपमा उठेका प्रश्नहरूको सम्बोधनसहित आवश्यक संशोधनबिना एमसीसी सम्झौता यथारूपमा पारित गरिनुहुन्न भन्ने मान्यता विगतमा पटक पटक स्पष्ट रूपमा राख्दै आएको पुनः स्मरण गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत