मङ्लबार, जेष्ठ ३, २०७९

राप्रपाको पाँच प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न


कान्तिपथ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले सङ्गठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक सम्पन्न गरेको महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । यही फागुन महिनाभित्र प्रदेश नं १ र बागमती प्रदेशमा बैठक सम्पन्न गर्ने कार्य तालिका छ ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर सङ्गठन विस्तार गरी नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षण समेत दिइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । ती समितिले आसन्न चुनावमा उम्मेदवारको छनोटका लागि कार्यविधि निर्माणका साथै स्थानीय नेताले सङ्गठनको विकासमा पु¥याएको योगदानको अभिलेख तयार गरिरहेको छ ।

समितिले नेताको सक्रियताका साथै जनतामा लोकप्रियता भएको आधारमा केन्द्रमा उम्मेदवार सिफारिस गर्ने छ । त्यसैका आधारमा चुनावमा उम्मेदवार छनोट गरिने छ । पार्टीले सङ्गठन सुदृढिकरणका लागि वडा, नगर, क्षेत्रीय तहका विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत