सरकारले अमेरिकाबाट उन्नत जातको सात वटा शुद्ध गोरु ल्याएको छ। शुक्रबार साँझ ती गोरु नेपाल भित्रिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले जानकारी दिएको छ।
व्यावसायिक रूपमा पालिएको वर्णशंकर जातका गाईहरूको नश्ल सुधार गरी दूध उत्पादन बढाउन अमेरिकाबाट गोरु ल्याइएको आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले बताए।
अमेरिकाको सिकागोबाट चाटर्ड फ्लाइटबाट तीन दिन लगाएर ती गोरु आएका हुन्। ती गोरु खुमलटार पशु क्वारेन्टाइनमा राखिएको छ। अहिले ल्याइएका गोरुबाट राष्ट्रिय पशु प्रजनन कार्यालयले बीर्य निकालेर वर्णशंकर जातमा क्रस गराई किसानलाई निःशुल्क दिइने छ।
उनका अनुसार अहिले ल्याइएको गोरुबाट जन्मेका गाईले एक पटकमा बीसदेखि तीस लिटर दूध दिनेछन्।