मङ्लबार, मंसिर १२, २०८०

युक्रेनले जेलमा रहेका कैदीलाई रुससँग लड्न पठाउने


कान्तिपथ


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संघसँग आफ्नो देशलाई ‘तत्काल’ संघको सदस्यता दिन अपिल गरेका छन् । जेलेन्स्कीले भने ‘सबै युरोपेली जनतासँग हाम्रो एक साथ रहने लक्ष्य छ र खासगरी समान हैसियतमा रहने । मलाई विश्वास छ यो सही हो र यो सम्भव पनि छ ।’

जेलेन्स्कीले एक भिडियोमार्फत आफ्नो बयान जारी गर्दै रुसी जवानहरुसँग आफ्ना हतियार बिसाउन माग गरेका छन् । उनले भनेका छन् ‘आफ्ना हतियार बिसाउनुस् र यहाँबाट निस्केर जानुस् । आफ्ना कमाण्डरहरुमाथि विश्वास नगर्नुस् । आफ्ना प्रचारकहरुमाथि विश्वास नगर्नुस् । आफ्ना जीवनहरुलाई बचाउनुस् ।’

जेलेन्स्कीका अनुसार युक्रेनको प्राधिकरणले ती दोषी कैदीहरुलाई जेलबाट रिहा गर्नेछ जोसँग युद्धको अनुभव छ र जसले देशको रक्षामा सहयोग गर्न सक्छन् । उनले भनेका छन् ‘हामीले एउटा यस्तो फैसला गरेका छौं जो नैतिक दृष्टिले बिल्कुलै सहज छैन तर हाम्रो रक्षाको दृष्टिले निकै सहयोगी छ ।’

बीबीसीका अनुसार युक्रेनका नेताले कि प्राधिकरणले युद्ध अनुभव भएका र देशको रक्षामा मद्दत गर्न सक्ने कैदीहरूलाई रिहा गर्ने बताएका छन्। उनीहरूले भनेका छन्, ‘हामीले यस्तो निर्णय लिएका छौं, जुन नैतिक दृष्टिकोणले सहज छैन, तर हाम्रो रक्षाको दृष्टिकोणले निकै सहयोगी छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत