शुक्रबार, मंसिर १६, २०७९

पास भैसकेपछि एमसीसीबारे धारणा सार्वजनिक गर्दै एमाले


कान्तिपथ


नेकपा एमालेले पत्रकार सम्मेलन गरेर पास भैसकेको एमसिसीबारे धारणा सार्वजनिक गर्ने भएको छ। पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज अध्यक्ष केपी शर्मा ओलीले एमसिसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रम छ।

एमालेले आज दिउँसो १ बजे तीनकुनेस्थित एक होटलमा कार्यक्रम गरेर एमसिसीबारे धारणा सार्वजनिक गर्न लागेको हो। आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएको थियो। उक्त दिन प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले संसद बैठक अवरोध गरेको थियो।

एमसिसी छलफल र पारित हुँदा एमालेले नाराबाजी गरिरहेका थिए। एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेको भन्दै लामो समयदेखि संसद बैठक अवरूद्ध गर्दै आएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत