शनिबार, माघ ५, २०८१

भारतबाट ९ लाख मेट्रिक टन मल ल्याउने सम्झौता


कान्तिपथ


सरकारले भारतबाट रासायनिक मल ल्याउने सम्झौता गरेको छ। सोमबार नेपाल सरकार र भारतबीच सरकारस्तरीय (जीटुजी) प्रक्रियाबाट आगामी पाँच वर्षका लागि रासायनिक मल ल्याउने सम्झौता भएको हो।

सोमबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारत सरकारको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले भर्चुअल रुपमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार भारत सरकारले पाँच वर्षको लागि नेपाललाई युरिया र डिएपी मल उपलब्ध गराउनेछ।

ग्लोबल टेन्डरबाट मल खरिद गर्दा पाँच छ महिना लाग्ने भएकाले जीटुजी प्रक्रियाबाट मल ल्याउने सम्झौता गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। पहिलो चरणमा करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याइनेछ, जसमध्ये एक लाख टन युरिया र ५० हजार टन डिएपी हुनेछ।

मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत् भारतबाट पाँच वर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी मल आउनेछ। यो वर्ष (सन् २०२१/२२ मा) युरिया एक लाख मेट्रिक टन र डिएपी ५० हजार टन आउनेछ।

२०२२/२३ मा एक लाख १० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डिएपी, २०२३/२४ मा एक लाख १५ हजार मेट्रिक टन युरिया र ८० हजार टन डिएपी, २०२४/२५ म एक लाख २० हजार मेट्रिक टन युरीया र ९० हजार टन डिएपी तथा २०२५/२६ मा पनि एक लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार टन डिएपी मल ल्याउन लागिएको मन्त्रालयले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत