एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । बलात्कारको आरोप लागेका बानियाँ सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् ।
बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीका अनुसार बानियाँले फोन गरेर आफू प्रहरीमा आउन लागेको जानकारी दिएका थिए । त्यसपछि उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको उनले बताए ।
मुगुका सांसद बानियाविरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको भन्दै बाँके प्रहरीमा जाहेरी दिएकी थिइन् । सांसद बानियाले बाँकेको होटल अप्सरामा आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ