शुक्रबार, अशोज १२, २०८०

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी


कान्तिपथ



नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाउनुभएको छ ।

प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी हुनुभएको छ । सचिवमा जनक बुढा (बझाङ), सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा) विजयी हुनुभएकोे छ ।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मङ्सिरमा अध्यक्ष पदका आकांक्षी धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ सदस्यमात्रै छनोट गरेको थियो । सोमबार साँझ निर्वाचन प्रक्रियामार्फत प्रदेश समितिका पदाधिकारी चयन भएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत