शनिबार, अशोज १३, २०८०

फागुन २० देखि माओवादीको केन्द्रिय समिति बैठक बस्दै


कान्तिपथ


काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ। आगामी फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए।

‘केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको छ। केही दिन लम्बिन सक्छ,’ ढकालले भने, ‘बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्छ। अरु आवश्यकता अनुसार थपिन सक्छ।’

एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ। त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन्।

पार्टीको आठौ महाधिवेशन विपरित गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन्। त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत