शनिबार, बैशाख १, २०८१

एमालेद्वारा एमसीसीको स्वागत: कार्यान्वयन गर्नुपर्नेमा जोड


कान्तिपथ


नेकपा एमालेले एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनपर्ने बताएको छ। एमसीसीको सन्दर्भमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस विज्ञप्ति वाचन गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सो बताएका हुन्।

‘एमसीसी परियोजनासँग सम्बन्धित सम्झौता संसद्‌बाट अनुमोदन भइसकेको छ। अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा पारित भइसकेको परियोजनाको बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने पनि बताइएको छ। प्रतिनिधि सभाको बैठकले गत आइतबार एमसीसी र सोसँग सम्बन्धित व्याख्यात्मक घोषणा पारित गरेको थियो।

एमसीसीलाई प्रयोग गरेर अब जनमत विभाजन गर्न नहुने एमालेको भनाइ छ । मंगलबार पत्रकार सम्मेलन गरी एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीले सदनबाट पास गरिएको व्याख्यात्मक घोषणालाई केही नेताका लत्रिएका जुँगा ठाडो पार्ने हतियारको संज्ञा दिए । एमसीसीबारे अध्यक्ष ओलीले बुँदागत रूपमा तयार पारेको वक्तव्य पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले पढेर सुनाएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत