अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार राति टेलिफोन कुराकानी भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच टेलीफोन संवाद भएको हो।
ब्लिनकनले टुइटरमा जनाएअनुसार उनीहरूबीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको हो।
त्यस्तै नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे समेत आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन्। ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं’, विदेशमन्त्री ब्लिन्कनले ट्विट गरेका छन्।
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022
प्रधानमन्त्री देउवाको सचिवालयले भने उक्त कुराकानीबारे जानकारी सार्वजनिक गरिसकेको छैन। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएयता पहिलोपटक आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो। गत आइतबार प्रतिनिधि सभाको बहुमतले एमसीसी अनुमोदन गरेको हो। त्यसपछि स्थगित संसद् बैठक आज बस्न लागेको हो।
आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूची तय भइसकेको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
हर्नुहाेस् कार्यसूची :