बिहिबार, मंसिर १४, २०८०

एमालेको दोलखा-काठमाडौँ सम्पर्क मन्चको सचिवमा उमेश खड्का


कान्तिपथ


नेकपा एमाले दोलखा-काठमाडौँ सम्पर्क मन्चको ११ औँ अधिवेशन सम्पन्न भएको छ । काठमाडौँको तिनकुने स्थित रोयल बैन्क्वेटमा फागुन १४ मा उद्घाटन भएको अधिवेशन बन्द-सत्र सम्पन्न गर्दै समपन्न भएको सम्पर्क मन्चका निवर्तमान अध्यक्ष गणेश शिवाकोटीले जानकारी दिए ।

अधिवेशनले अध्यक्षमा शेखर बस्नेतलाई निर्वाचित गरेको छ भने उपाध्यक्षमा भगवान न्यौपाने र कविता शिवाकोटी रहेका छन् । सम्पर्क मन्चको सचिवमा युवा नेता उमेश खड्का निर्वाचित भएका छन् । रविन्द्र खड्का र उषा तामाङ्ग सह-सचिव बनेका छन् भने विवेक कुमार खड्का कोषाध्यक्ष रहेका छन् । निर्वाचित कमिटीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनिर्वाचित कमिटीलाई प्रमाणपत्र पनि वितरण गरिएको निवर्तमान अध्यक्ष शिवाकोटीले बताए । पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा पार्टीका केन्द्रिय नेताहरु लालबाबु पण्डित, पार्वत गुरुङ्ग, आनन्द पोखरेल, रचना खड्का, सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत