भक्तपुरको ऐतिहासिक रानीपोखरी मंगलबारबाट नागरिकका लागि खुला गरिएको छ। भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेपछि नागरिकका लागि खुला गरिएको हो।
यो रानीपोखरी नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भएको मानिन्छ। तत्कालिन राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको अहिले भक्तपुर नगरपालिकाले पुनःनिर्माण गरेको हो।