चलचित्र‘दि सेक्रेट्स अफ राधा’ भाद्र २४ मा रिलिज हुने भएको छ l मंगलवार निर्माण टिमले आगामी भदौ २४ गतेलाई प्रदर्शन गर्ने घोषणा गरेको हो । सुवर्ण थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सौगातको आदि योगी भिजन र सुवर्णको ब्यानरको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो ।
सुवर्ण र नायक सौगात मल्लको चलचित्रमा लगानी छ । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्मित यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, सृष्टि श्रेष्ठ, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ l चलचित्रमा सृष्टि टाइटल क्यारेक्टरमा छिन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ