मङ्लबार, अशोज ११, २०७९

एआईजी बढुवाको तयारीः सिंह, सुवेदी र लामाको सम्भावना


कान्तिपथ


नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का तीनवटा दरबन्दी थप भएसँगै बढुवा समितिले बढुवा सिफारिसको तयारी गरेको छ। थपिएको एआईजी पदमा बढुवाका लागि दुईवटा ब्याचका प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु प्रतिस्पर्धामा छन्। हाल नेपाल प्रहरीमा जनपदतर्फ २० जना डिआईजी छन्। थपिएको दरबन्दीसँगै नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीको दरबन्दी ८ वटा हुनेछ।

२० जनामध्ये १३ जना हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची छन् भने अन्य सातजना आईजीपी क्षेत्रीकै वैकल्पीक टोली छन्। त्यसैले २० जना नै एआईजीका दाबेदार हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख डिआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआईजी उत्तम सुवेदी र डिआईजी बसन्त लामालाई एआईजीमा सरकारले सिफारिस गर्न लागेको स्रोतले बतायो।

सरकारले एआईजीमध्ये जसलाई चाहन्छ, उसैलाई आईजीपी बनाउन सक्छ। शक्तिकेन्द्रमार्फत लबिङ गर्ने व्यक्तिहरु नै बढुवा सिफारिस हुँदै आएको यसअघिका घटनाक्रमले देखाउँदै आएको छ।

थपिएको एआईजी पदमा बढुवाका लागि डिआईजीहरु बसन्त पन्त, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, उमेश रन्जितकार, पुरुषोत्तम कँडेल, प्रकाश अधिकारी, मुकुन्द आचार्य, गणेश ऐर, साैरभ राणा, राजेशलाल कर्ण, डा. देवबहादुर बोहरा, रामकृपाल साहहरुले पनि शक्तिकेन्द्रमार्फत लबिङ गरिरहेका छन्।

उनीहरु आईजी क्षेत्रीका ब्याचीहरु हुन्। तर, आईजी क्षेत्रीसँगै उनीहरुले आउँदो १९ वैशाखमा अनिवार्य अवकाश पाउँदैछन्। नेपाल प्रहरीमा अहिले हरि पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुलबहादुर थापासमेत पाँच जना एआईजी छन्। उनीहरुमध्ये ३० वर्षे सेवा अवधिका कारण आईजी थापासँगै एआईजीहरु पाल, शाही र कार्की पनि आउँदो वैशाख १९ गते नै अनिवार्य अवकाशमा जानेछन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत