काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता श्रेष्ठबीच मनमुटाव बढेसँगै विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तिवन पुगेका हुन् । उहाँहरुबीच बुधबार बिहान छलफल भएको स्रोतले जनाएको छ ।
एमसीसी पास भएसँगै माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्किरहेको छ । सुरुबाटै एमसीसीको बिरोध गर्दै आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको निर्णय बिपरित एमसीसी पास गर्न भूमिका खेलेको भन्दै नारायणकाजी श्रेष्ठ सहित शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् ।
विप्लव पनि एमसीसीको विपक्षमा रहेका थिए । सो विषयलाई लिएर श्रेष्ठ र विप्लवबीच छलफल भएको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेता श्रेष्ठलाई फकाउन मंगलबार हात्तिवन पुगेका थिए । तर उहाँहरुबीच सहमति हुनसकेको छैन। अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग आजपनि छलफल गर्ने बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ