संघीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रममार्फत रामेछापको मन्थली नगरपालिको लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत र नेकपा एकीकृत समाजवादी पार्टी रामेछापका सह–इन्चार्ज होम बुढाथोकीको पहलमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्थली नगरपालिकालाई सघन शहरी विकास कार्यक्रममा छनोट गरेकी हुन् ।
यस कार्यक्रम अन्तर्गत मन्थली नगरपालिकाको ढल निकास र सडकको व्यवस्थापनको लागि बजेट खर्च हुनेछ । मन्थली नगरपालिकाभित्र व्यस्थित ढल निकास नहुँदा बर्षाको समयमा बस्तीमा पानी पस्ने समस्या नगरवासीले झेल्दै आएका छन् ।
देशका ४४ वटा नगरपालिका मध्ये नगरपालिकामा पनि यस बर्षबाट सघन शहरी विकास कार्यक्रममा छ्नोट गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रमको लागि छ्नोट गरेर पठाएका योजनाको सहरी विकास मन्त्रालयले अध्ययन र निरीक्षण गरेपपछि चालू आर्थिक वर्षबाट कार्यान्वयनमा अघि बढनेछ ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले यस आर्थिक बर्षको लागि वीस करोड बजेट स्वीकृत भएको पत्रकारलाइ बताउनु भयो । उनका अनुसार बहुबर्षिय कार्यक्रम अन्तर्गत पचास करोड बजेट प्राप्त भएको र यस आर्थिक बर्षमा वीस करोडको कार्यक्रम सञ्चालन हुनेछ । बसर्पाक सुधार ढल निकास लगायतको कार्यक्रमलाई प्राथमिकता दिएर कार्यक्रम अगाडि बढाउँछौ, वस्नेतले भन्नुभयो ।