राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेको महानगरीय अपराध महाशाखाका एकसएसपी बसन्त कुँवरले जानकारी दिए ।
काभ्रेका उनलाई महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो । एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘बम’ राखिएको थियो । प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज पाइएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ