शुक्रबार, माघ ४, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • म्यानचेस्टर सिटी र क्रिस्टल क्वार्टरफाइनलमा, टोटेनहमको दुर्भाग्य

म्यानचेस्टर सिटी र क्रिस्टल क्वार्टरफाइनलमा, टोटेनहमको दुर्भाग्य


कान्तिपथ


काठमाडौं- एफए कपमा जित निकाल्दै म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने हारसँगै टोटेनहम हट्स्पर प्रतियोगिताबाटै बाहिरिएको छ।

मंगलबार राति सम्पन्न खेलमा जित निकाल्दै सिटीले पिटरबोर्गलाई २-० गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो। सिटीलाई जित दिलाउन रियाद महरेज र ज्याक ग्रिलिसले गोल गरेका थिए।

त्यस्तै, स्टोक सिटीलाई २-१ गोलले हराउँदै क्रिस्टल प्यालेसले पनि अन्तिम आठमा स्थान बनाएको छ। क्रिस्टलको जितका लागि चेखोउ कोउयाते र जाइरो रिडेवाल्डले गोल गरेका थिए। स्टोकका जोम टायमसनले एक गोल फर्काए।

टोटेनहम हट्स्पर भने मिडलसबर्गसँग १-० गोलको हार बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको छ। खेलको निर्धारित ९० मिनेटसम्मा गोल नभएपछि थपिएको ३० मिनेटभित्र गोल बेहोर्दै टोटेनहमले हार बेहोरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत