बिहिबार, फाल्गुन १, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनलाई समर्थन गरेकोबारे चासो

देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनलाई समर्थन गरेकोबारे चासो


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गरेको फोन प्रधानमन्त्री देउवाले सिसिभ गरेको विदेश मन्त्रीको सचिवालयले ट्वीट गर्दै जानकारी दिएको छ ।

फोन वार्तामा रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई गरेको समर्थन र एमसीसीका बिषयमा छलफल भएको विदेशमन्त्रीको सचिवालयले जनाएको छ । केही दिनअघि नेपालले युक्रेनलाई समर्थन गरेको थियो ।

बिशेषगरी अमेरिकाले एमसीसीबारेमा आर्थिक विकास र क्षेत्रीय चुनौतिहरू सँगै मिलेर काम गर्न जारी राख्नेछौं जनाएको ट्वीटमा जनाइएको छ । राति भएको कुराकानीका कारण नेपालले भने विदेशमन्त्री सँगको कुराकानी सावैजनिक गरेको छैन ।

अमेरिकी बिदेशमन्त्रीको सचिवालयको ट्वीट यस्तो छ

आज नेपालका प्रधानमन्त्रीसँग राम्रो भेट भयो । रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयाे। हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम गर्न जारी राख्नेछौं।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत