मङ्लबार, मंसिर १२, २०८०

माओवादीको आन्तरिक विवादमा ‘घ्यु थप्दै’ विप्लव !


कान्तिपथ


एमसीसी अनुमोदन सम्बन्धमा पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट रहेका श्रेष्ठलाई भेट्न विप्लव श्रेष्ठको हात्तीवनस्थित निवासमै पुगेका हुन् । भेटमा विप्लवले एमसीसी अनुमोदन राष्ट्रहितविपरीत गरिएकोले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको बताइन्छ ।

माओवादी वृत्तमा श्रेष्ठले एमसीसी अनुमोदनकै विषयलाई लिए पार्टी विभाजन वा परित्याग गर्नसक्ने चर्चा चुलिएको छ । यस्तो बेला श्रेष्ठ र विप्लवबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ । माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनपछि ‘कसैले पार्टी विभाजन गरेर फरक नपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए । हरिसिद्धीस्थित श्रेष्ठ निवासमा पुगेका विप्लवले राष्ट्रियताको आन्दोलनमा सँगै हिँड्न आग्रह गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत