बुधबार, मंसिर २०, २०८०

विप्लवले नारायणकाजी सामू भने – ‘पार्टी एकता गरौँ’


कान्तिपथ


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमक्ष नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एकताका लागि प्रस्ताव राखेका छन् । बुधबार बिहान श्रेष्ठ निवसा हात्तिवनमा पुगेका विप्लवले श्रेष्ठलाई पार्टी एकताको प्रस्ताव राखेको बुझिएको छ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेका नेता श्रेष्ठ पूर्व एकता केन्द्र व्युँताउने तयारीमा लागेको चर्चा छ ।

एमसीसीको बिपक्षमा रहेको माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टीको निर्णय बिपरित पास गर्न भूमिका खेलेको भन्दै श्रेष्ठ असन्तुष्ट बनेका छन् । प्रचण्डले एमसीसी पास भएलगत्तै टिप्पणी गर्दै पार्टी फुटाएर जानसक्ने भन्दै अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रचण्डप्रति श्रेष्ठ झनै चिँडिएका छन् ।

त्यसपछि प्रचण्ड श्रेष्ठलाई फकाउन हात्तिवनसमेत पुगेका थिए । यद्यपि उनीहरु सहमतिमा पुगेका छैनन् । विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने भन्दै बिज्ञप्ति नै निकालेर सडक आन्दोलन गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत