सोमवार, अशोज १०, २०७९

फागुन २२ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित


कान्तिपथ


काठमाडौं – प्रतिनिधि सभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । आज बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए । एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाउनुभएको थीयो ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले उक्त प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । अब फागुन २२ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत